मिथिला रत्न समाचारको प्रभाब : राज्य मन्त्री मण्डल र गापा अध्यक्ष यादब लगायतकाले रेमनिको घर बनाइदेने

  • प्रकाशित मितिः कार्तिक ३, २०७७
  • ३२६ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका २ गढियाकी अति विपन्न रेमनी साह हलुवाइको घर बन्ने भएको छ । केहि मनकारी मन, विष्णुपुर गापा अध्यक्ष जागेश्वर यादव र प्रदेश २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले रेमनीको घर बनाइदिने भएको छ । दुई कोठे घरको सोमवार राज्यमन्त्री मण्डलले शिलान्यास समेत गरे । शिलान्यास गर्न पुगेका राज्यमन्त्री भन्छन्, ‘निकै खुशी छु । एक जना गरिब निःसहाय महिलाको आँसु पुछ्ने काममा सहभागी हुन पाएको छु ।’ त्य्सतै,गापा अध्यक्ष यादबले गरिब अशहायलाई आफ्नो गाउँपालिका बाट सहयोग गर्न पाउँदा अत्यन्त खुसी भएको छु । पालिका भित्र गरिब असहायलाई म गाउँपालिकाको तर्फबाट सहयोगको गरेको पनि छु र गर्ने पनि तत्पर छु । रेमनिलाइ १६ हातको दुई कोठे घर र सौचालय सहित निर्माण गर्नमा सहयोग गर्ने समेत प्रतिब्ध्ता ब्यक्त गरे । स्थानीय समाजसेवी हजारी साह, वडाध्यक्षद्वय रामइश्वर यादव र जयकुमार यादव लगायतले समेत उनको घर बनाउनमा मद्दत गरेका छन् । श्रावणको झरीमा उनको घर भत्केको थियो । घर भत्केपछि विचल्लीमा परेका कारण रमनीको घर बनाइदिने पहल जसपा युवा नेत श्रीकृष्ण कुमार साहले गरेका थिए । त्य्सपछि,मिथिला रत्न दैनिकले रेमनिको पिडाबारे स्थलगत रिपोर्ट बनाएर प्रकासन गरेपछि विभिन्न सहयोगि हातहरुले सहयोगको लागि जुटिरहेका छ्न ।

प्रतिक्रिया दिनुहोस

बर्दिवासमा बालिका हत्याको विरोधमा स्थानीयद

महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयले अवरुद्ध पारेका पूर्वपश्चिम राजमार्ग अन्तर्गत ढल्केवर-बर्दिवास सडकखण्ड पुनः सुचारु भएको छ भने प्रदर्शन जारी नै रहेकोे छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली

प्रहरीको गोली लागेर ३ जना गम्भीर घाइते, का

महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) बिदुर कार्कीका अनुसार प्रहरीको गोली लागेर सञ्जय न्यौपाने, सुरज कार्की र अफ्ताप आलम घाइते भएका छन् ।

नेकपा र कांग्रेसमा संकट, जसपामा पार्टी प्र

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी झण्डै पौने एकसयले जसपा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीको नगर कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा झण्डै ७५ जना बढीले जसपामा प्रवेश गरेका हुन् । जसपा प्रवेश गर्नेहरु अधिकांश नेकपा र क


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved