जवरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष बिरुद्ध जाहेरी

  • प्रकाशित मितिः आश्विन १७, २०७७
  • ६१५७ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा, १७ असोज । सिरहा अर्नमा गाउँपालिका–१ का वडाध्यक्ष गफार मियाँ बिरुद्ध जवरजस्ती करण गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय सिरहामा हाजेरी दर्ता गराएकी छन् । एक व्यवसायी महिलाले जवरजस्ती करणी आरोप लगाउदै जाहेरी दिएकी छन् । ‘घटना भएकै हो,’जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले भने,‘घटनाबारे अनुसन्धान जारी छ । अहिले नै धेरै कुरा बाहिर नलगौं । अनुसन्धान पछि सबै कुरा बाहिर आउने छ ।’ आरोपबारे बुझ्न वडाध्यक्ष मियाँसँग गरेको पटक पटकको फोन प्रयास सफल हुन सकेन् । श्रोतका अनुसार शुक्रवार दिउसै देखि वडाध्यक्ष सम्पर्क विहिन बनेका छन् । वडा कार्यालयमा समेत नआएको कार्यालय श्रोतको दाबी छ । घटनाको गाईगुई हल्ला चलेपछि वडाध्यक्ष मियाँ फरार भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार फरार वडाध्यक्षको खोजी कार्य जारीरहेको छ । नेकपाबाट वडाध्यक्षमा निर्वाचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

बर्दिवासमा बालिका हत्याको विरोधमा स्थानीयद

महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयले अवरुद्ध पारेका पूर्वपश्चिम राजमार्ग अन्तर्गत ढल्केवर-बर्दिवास सडकखण्ड पुनः सुचारु भएको छ भने प्रदर्शन जारी नै रहेकोे छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली

प्रहरीको गोली लागेर ३ जना गम्भीर घाइते, का

महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) बिदुर कार्कीका अनुसार प्रहरीको गोली लागेर सञ्जय न्यौपाने, सुरज कार्की र अफ्ताप आलम घाइते भएका छन् ।

नेकपा र कांग्रेसमा संकट, जसपामा पार्टी प्र

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी झण्डै पौने एकसयले जसपा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीको नगर कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा झण्डै ७५ जना बढीले जसपामा प्रवेश गरेका हुन् । जसपा प्रवेश गर्नेहरु अधिकांश नेकपा र क


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved