नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाेमा लुम्बिनी नागरिक समाजकाे आपत्ति

  • प्रकाशित मितिः आश्विन ६, २०७७
  • ६५ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाडौं । नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाे पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएकाे छ। समाजले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द नारा लगाएकाे छ।

समाजका कार्यकर्ताहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, बुद्दिष्ट र मुस्लिममाथि अत्याचार बन्द गर भन्दै चीनविरूद्द नारा लगाएका छन्। समाजका एक कार्यकर्ताले भने, ‘हुम्लामा चिनियाँहरुले नेपालको भुमिमा भवनहरु बनाएको छ।ओलि जी भाडामा दिनु भएको छ या बेच्नु भएको छ एकचोटि चुटकुले भाषा भए पनि नेपाली जनतालाइ बताइ दिनु।’

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे।नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेकाे छ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन।’ उनले भनेका छन् । हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ। जो हालसम्म पत्ता लगाउन सकिएको छैन।

प्रतिक्रिया दिनुहोस

धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिक

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले ग

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्ष

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।  पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्री


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved