जनता बनवालीमा आठकोठे भवनको शिल्यानस

  • प्रकाशित मितिः आश्विन २, २०७७
  • ३९४ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सिरहा । सिरहा नरहा गाउँपालिका बर्छवास्थित रहेको जनता बनवाली नमूना माध्यमिक विद्यालय (प्राविधिक) मा एक कार्यक्रम गरी आठकोठे भवन निर्माणको लागि शिल्यानास गरिएको छ । नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले उक्त भवन निर्माण कार्यको शिल्यानास गरेका हुन् । नमूना विद्यालय निर्माण कार्यक्रम अन्तर्गत विद्यालयमा भवन निर्माण कार्य थालिएको शिल्यानास गर्दै अध्यक्ष यादवले बताए । भौतिक अव्यवस्थितताका कारण शैक्षिक क्रियाकलापमा पर्दै आएको असरलाई आउने दिनमा भवन निर्माण सम्पन्न भएर रोक्ने उनले दाबी गरेका छन् । शैक्षिक सुधारका लागि विद्यालयलाई लक्षित गरेर गाउँपालिकाले पनि विभिन्न खाले कार्यक्रम ल्याउने उनले प्रतिबद्धता जनाए । नमूना विद्यालय निर्माण कार्यक्रम अन्तर्गत दुई चरणमा डेढ करोडका दरले आएको रकम अनुसार ड्रागन कन्सट्रक्सनले ८९ लाख ६४ हजार २ सय ३ पैसा ७१ र माँ राजदेवी इन्जिनियरिङ्ग कन्सट्रक्सनले ९० लाख ४७ हजार ९ सय ५९ पैसा ८८ मा निर्माण ठेक्का सकार गरेको विद्यालयका प्राचार्य रामइश्वर यादवले बताए । उनका अनुसार दुई अलग अलग ठाउँमा आठकोठे भवन निर्माण हुने छन् ।

प्रतिक्रिया दिनुहोस

धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिक

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले ग

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्ष

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।  पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्री


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved