जनकपुर-जयनगर रूटमा चल्ने रेल आज नेपाल आइपुग्ने

  • प्रकाशित मितिः आश्विन २, २०७७
  • १५६ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सिरहा । कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल भोलि (शुक्रबार) नेपाल आइपुग्ने भएको छ । यो रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण कारण भारतको हाजीपुरमा रोकिएको थियो । रेल विभागका माहानिर्देशक बलराम मिश्रका अनुसार बिहीबार राति जयनगर आइपुग्ने रेल आज मध्यान्हसम्म नेपाल भित्रिनेछ । जनकपुर स्टेसनमा रोकिने रेल भारतीय रेल निर्माता कम्पनीले नेपाललाई हस्तान्तरण गर्नेछ । रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् । यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ । विभागका महानिर्देशक मिश्र रेल ल्याएर नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिने बताउँछन् । यो कम्पनीमा हाल गुरु भट्टराई महाप्रवन्धक छन् । मिश्रका अनुसार सबै तयारी समयकै पुरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिने बताउँछन् । रेल कहिलेबाट चलाउने विषय अब कम्पनीको भएको उनको भनाइ छ । सरकारले २०७५को पुसबाट नै बन्द रहेको जनकपुर-जयनगर रेल चलाउने घोषणा गरेको थियो । अहिले जनकपुर-जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा चुस्त अवस्थामा छैन । २०७५मा गएको बाढीका कारण रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको विभागले जनाएको छ । कुर्था-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो । सन् २०१४ बाट लिक मर्मतको काम सुरुवात भएको थियो । यसैकारण नेपालको एक मात्रै रेललाइनका रुपमा रहेको जनकपुर-जयनगर रेल सेवा विगत ६ वर्षदेखि बन्द अवस्थामा छ । ३५ किलोमिटरको रेलमार्गमा ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । यसमा स्टेसनहरु तयार नै छन् । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरु पनि बनाइदिएको विभागले बताएको छ । सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । यसअघि निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर रेल चलाउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारी भर्ति गरिँदैछ । यसका लागि विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्न सूचना पनि निकालेको थियो । यसअघि पनि जनकपुर-जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय थिएन । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद बैठकले स्वीकृति दिइसकेको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ । अप्राविधिक कर्मचारी नेपालमै भर्ती गरिँदैछ । कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ । केही समय भारतबाट आउने जनशक्तिले नेपालीलाई प्रशिक्षित गर्ने योजना रहेको विभागले जानकारी दिएको छ । पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने योजना सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व-पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिक

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले ग

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्ष

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।  पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्री


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved