सिरहा लहानका डिएसपी थापाले कनचटमा पेस्तोल राखेर भने–'म...द मधेसिया हानदिन्छु'

  • प्रकाशित मितिः श्रावण ३१, २०७७
  • २३७२९ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सिरहा । प्रदेश २ को सिरहा लहानका डिएसपी शरद थापा क्षेत्रीले एक व्यावासायीलाई कनचटमा पेस्तोल राखेर अभद्र गोली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ ।       लहानस्थित रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ९डिएसपी० थापाले सिरहाको सखुवानन्जरकट्टि गाउँपालिका वडा नं। ४ बस्ने जगन्नाथ झालाई ईलेक्ट्रीक समान मुफ्तमा नदिएको निहुँमा कनचटमा पेस्तोल राखेर यातना दिएको आरोप लगाइएको छ ।                                                     डिएसपी थापाले व्यावसायी झासँग पहिलेदेखि नै एस्सी, वासिँग मेसिन जस्ता समानहरु माग गर्दै आएको तथा आफू मुफ्तमा नदिएको कारण विभिन्न मुद्दा लगाएर फँसाउने प्रयास समेत गरेको आरोप लगाएका छन् । उनले भने–“साउन ५ गते नै ईन्सपेक्टर सुभास खतिवडाले फोन गरेर डिएसपी साबसँग भेटनको लागि भनेका थियो , तर मेरो आमा विरामी भएकोले म व्यस्त भए जान पाएनन् । त्यसपछि साउन ७ गते ईलाका प्रहरी कार्यालयमा जाँदा आफूबारे कुनै मुद्दा छ भनेर सोधेपछि केही थिएनन । त्यसपछि म घर फर्के र सोही दिनदेखि डिएसपीले मलाई फ्लोअप र निगरानीमा राख्यो ।” उनले गत साउन १५ गते ईलाका प्रहरी कार्यालयमा नबोलाएर आफ्नो नीजि निवासमा बोलाएर डिएसपी थापाले कनचटमा पेस्तोल राखेर मा।।।द मधेसिया, के बुझछस आफूलाई रु तँलाई मैले बोलाउँदा सिडिओ कहाँ किन गईस रे रु साले, मुजी मधेसिया रु तलाई मेरो पावर थाहा छैन रु भन्दै करिब ४ घण्टासम्म बन्धक बनाएर राखेको आरोप लगाएका छन् । समानहरु फ्रि मा नदिएको तथा डिएसपी थापाकै मित्र ९दोस्त० लाग्ने सोही स्थान बस्ने सगेन चौधरीकी श्रीमति कँचन चौधरीको नाममा २० हजार रुपैयाँको चेक कटाउन लगाएको आरोप लगाएका छन् । उनले कनचटमा पेस्तोल तेर्साएर जबरदस्ती डर, त्रास देखाएर कागज समेत बनाउन लगाएको आरोप लगाउँदै अदालतमा मुद्दा समेत हालेका हुन् ।                                                          डिएसपी थापा, सगेन चौधरी, अनिल चौधरी र कँचन चौधरी विरुद्ध पीडित झाले अदालतमा मुद्दा हालेका छन् । त्यसअघि साउन १३ गते नै जिल्ला प्रशासन कार्यालय सिरहाका सिडिओ प्रदीपराज कणेललाई मौखिक रुपमा झाले वृतान्त सुनाएका थिए । सोही निहुँ पारेर साउन १५ गते डिएसपी थापाले आफू बोलाउँदा सिडिओ कहाँ गएको भन्दै मधेशीया ९सम्प्रदायिक गाली, समुदायिक तवरको गाली० गरेको बताइएको छ । झाले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आफ्नो पुरानो थोत्रे गाडी लहानकै अनिल चौधरीको राईस मिल ९हाल गोडाउन० को अगाडी राखिएको भन्दै भाडा मागेको र के को भाडा भन्दा गाडी राखिएको वापत भाडा मागेको बताइएको छ । सोही सन्दर्भमा उनले ईलाका प्रशासन कार्यालय लहानमा बुझ्न जाँदा कुनै प्रकारको भाडा तिर्न नपर्ने बताएपछि डिएसपी थापाले नाताको हिसाबले अनिल चौधरी र सगेन चौधरीको पक्षमा उभिएर आफूबाट बलपूर्वक भाडा स्वरुप २५ हजार रुपैयाँको कागज बनाउन लगाएको तथा २० हजार रुपैयाँको चेक समेत बनाउन लगाएको आरोप लगाएका छन् । डिएसपी थापाले आफ्नै निवासमा बोलाएर अनिल चौधरी, सगेन चौधरी, कँचन चौधरीलाई समेत बोलाएर करिब ४ घण्टा आफूलाई बन्धक बनाएर बन्दुकको नालमा बलपूर्वक तमसुक बनाउन लगाएको बताएका छन् । उनले काटिएको २० हजारको चेक समेत भोलीपल्टै रोक्का गराएको बताएका छन् । डिएसी सरद थापाले मधेसिया भन्दै गाली गलौच सहित आफ्नो पदको पावर प्रदर्शन गर्न खोजी बिना कारण आफूलाई फँसाउने प्रयास सहित जहाँ देखे गोली हान दिने भनेर भनक भएको भन्दै अदालत र स्थानीय सरोकारबाला सँग जीउ ज्यानको रक्षाको माग गरेको बताएका छन् । उनले भने–“उनले भनेका छन्, जहाँ देख्छु त्यही गोली हान दिन्छु मुजी मधेसियालाई । सोही डरले म रातारात गाउँबाट भागेको छु । मिडियामा गए पनि मारदिने, कसैलाई भनेपनि पुरै परिवारलाई सखाप पारिदिने भन्दै धम्की दिएपछि म त्रासमा छु । मलाई बचाउनुहोस् ।” डिएसपी थापाले अहिले आफूसँग ६ पोका गाँजा रहेको र ४ पोका आफ्नो गाडीमा हालेर लागू औषधमै फँसाईदिनेसम्म भनेको बताएका छन् । उनले भने,–“उनको निवासमा जाने वित्तिकै मास्क खोलाएर मेरो मोबाईल समेत जफत गरे । कसैसँग सम्पर्क गर्न दिएनन् । कनचट ९कनपट्टा० मा पेस्तोल राखेर उनले आफैले कागज लेखेर मसँग हस्ताक्षर गराएका छन् ।” यसबारे, डिएसपी थापासँग सोध्दा उनले प्रमाण देखाउन प्रतिक्रिया दिएका छन् । तपाईले एक सर्वसाधारणलाई यातना दिएको भन्ने सन्दर्भमा उनले “यातनाको अर्थ थाहा छ रु” भनेर उल्टै प्रश्न गरेका थिए । जग्न्नाथ झाको बारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले एक बैठकको व्यवस्तता देखाउँदै फोन काटेका थिए । यता, डिएसपी थापाले भने झालाई साउन १३ गते १ मिनेट १० सेकेन्ड फोन गरेको कल डिटेल समेत देखिएको छ । तर, उनले झालाई नचिनेको भनेर प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिक

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले ग

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्ष

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।  पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्री


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved