कोरोना कहर : कतिको लागि मौका र अबसर

  • प्रकाशित मितिः श्रावण २०, २०७७
  • ३९६ पटक पढिएको
  • मिथिला रत्न
alt

शिव दयाल यादब,सिराहा । अहिले कोरोना भाइरस बिश्वमा माहामारिको रुपमा रहेका छ्न । नेपालमा यसलाई राजनितिक बिषय बस्तु बनाइ पार्टी कार्यकर्ता आर्जन देखि आर्थिक आय आर्जनका स्रोत बनाउन कती पनि पछि नपरेको देखिन्छ ।

चाहे संघिय सरकार,प्रदेस सरकार वा स्थानीय सरकार होस आ -आफ्नो आसेपासेलाई भरण पोसणमा लागेको देखिन्छ । यसैक्रममा सिरहा जिल्लामा रहेका १७ वटै स्थानीय तहहरु मध्ये धेरै तहहरुमा कोरोनाको नाममा राहत बितरण,मास्क बितरण, सेनिटाइजर खरिद र क्वारेन्टाइन ब्यबस्थापन लगायतकमा मनोमानि फजुल खर्च गरेको कुरा आम मानिसमा ब्यापक जनगुनासो पछि २०७७।०४।१८ गतेका दिन जिल्ला विपद् व्यवस्थापन समिति, सिरहाको बैठक बसी सो बैठकवाट तीन दिनभित्र कोरोनाको नाममा भएको खर्च बिबरण सार्बजनिक गर्न निर्णय गरेको छ ।

यो निर्णयलाई स्वागत योग्य भनेपनि अर्कोतिर अनेक संका उपसंकाको रुपमा लिइरहेका छ्न । नेकपाको सरकारले बहुमतको दम्भमा मनलागि काम गर्न छोडेका छैन्न ।

जनता कोरोनाको माहामारिको त्रासमा रहेको बेला पनि पिसिआर मेसिन खरिदमा समेत अनियमिततता नभएको होइन । संसदमा समेतमा कोरोनामा भएको खर्च बिबरण सार्बजनिक गर्न माग गरेको थियो । त्सस्तै,प्रदेस सरकारले समेत मेसिन खरिद गर्दा रीपोर्ट नै गल्ति समेत दिने गरेको पाइएको छ ।

जुन जोगि आयो कानै चिरेको देखियो कोरोनोको माहामारिमा सरकार नभएको देसको भान भयो । भन्नुलाइ नि हो! तीन तहको सरकार तर सरकार भएको अनुभुति जनताले तब पाउछन् जब उनिहरुको शिक्षा, स्वास्थ्य,कृषि,यातायात लगायतकामा सुधार भएका देख्न पाउँछन् । स्वास्थ्य नै धन हो भन्ने बडो रोचकको साथ स्वास्थ्य तथा शारिरिक शिक्षामा नपढेको वा नजानेको कोहि नहोला तर अहिले त्सतो नभइ रोग नै धन हो भन्ने कोरोना भाइरसलाई कमाइ खाने भाडो अर्थात मौका र अबसरको रुपमा लिएका छ्न ।

कोरोनाको नाउँमा जुनसुकै शीर्षकको बजेट कट्टा गरि बिल भर्पाइ मिलान गरि रकम कुम्ल्याएका छ्न । जनताको स्वास्थ्य प्रती अहिले सम्म कुनै सरकारले पनि नमुनाको अग्रसरता र जिम्मेवार देखिएन । देसमा लकडाउनको अब्स्था थियो , प्रदेस नम्बर २ सरकारले सोही अबसरमा आफ्नो नाम कमाउन किसानको ब्याज तिरिदिने घोषणा गरेको थियो र तिरी पनि दियो ।

तर एकातिर समाजिक दुरि कायम गरि भिड भाड नगरि मास्कको अनिबार्य प्रयोग गरेपछि कोरोना भाइरस बाट बच्न सकिन्छ किनभने यो सरुवा रोग हो तर प्रदेस सरकारले किसानलाई ब्याज अनुदान पाउन हजारो भिड जम्मा गरेर फारम भर्न लगाए ।के त्यो भिड बाट कोरोना सर्दैन ?

राहत को नाउँमा भिडभाड जम्मा गरि राहत बाड्ने त्यसमा पनि कुटाकुट र होहल्ला अधिकान्स पालिकाहरुमा भएकै हो । यसले पनि कोरोना भाइरसलाई निम्तो दिएकै छैन र ? प्रदेस २ को खुला सिमा वारि र पारी गर्न गार्हो छैन,इनडियन ब्राण्ड खाने नुन देखि तेल सम्म हाम्रो बानी हो नि । सस्तो तरकारी, पान पराग, गुट्खा, राज निबास र रजनिगन्धा खान नभइ नहुने । के यसबाट सर्दैन कोरोना ?

जती भिडभाड, बिना लकडाउन गरेर हुदैन त्यो भन्दा झन बढि भिड भएको उदाहरणहरु छ्न । लकडाउनले कतिको रोजगार,व्यापार र दैनिक छाक टार्ने अबसर गुमेपछि चुलो बल्न छाड्यो भने कतिको आय आर्जनको स्रोत गुमेपछि आर्थिक संकटका कारण औषधि उपचार बिना ज्यान गयो त कतिले यसमा माल-समान ओसार पोसार गरि महगोमा बेचि कालोबजारी गरि आर्थिक आय आर्जनको स्रोत बनायो । असम्भब र थन्किएका कामहरु गर्ने मौका जुरायो र राम्रो कामलाई टार्ने कोरोनाको बहाना बन्यो ।

त्यसैले अब फेरि लकडाउनको लागि उनमुनाएको सरकार यसको बिकल्प खोजनुस परिक्षणको दायरा बढाउनुस । नत्र रोग भन्दा पनि भोकले मर्ने छ ! नक्कल गर्ने बानी छ पडोसिले जे गर्यो त्यहि गर्ने,हामी आफ्नो स्व बिबेक प्रयोग गरि यस भाइरसबाट मुक्ती पाउने उपायहरु अबल्म्बन गर्नु जरुरि छ ।

प्रधानमन्त्री जस्तो गरिमामय जस्तो पदका ब्यक्तिले सन्सदमै अदुवा र बेसार खानुस कोरोना निको हुन्छ , यो विषय समाजिक सन्जालमा खुब चर्चा कमाएका थीयो । कतिको लागि यो मजाक पनि बन्यो ।

प्रतिक्रिया दिनुहोस

पि.एम. सी एस्पोटस क्लब द्वारा रक्तदान कार्

काठमाण्डौं :  पि.एम. सी. एस्पोटस क्लब द्वारा आयोजित बृहत रक्तदान तथा मिर्गौला कार्यक्रम सम्मपन भएको छ । यो कार्यमा ५० जना भन्दा बढीले रक्त दान गर्नु भएको छ । पीडित फुलमया लो को निम्ति हाम्रो निमन्त्राणालाई स्वर्कर गरी पाल्नु भएको अतिथिहरु नेपाली कांग्रेस जिल्ला पार्टी सभापति

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न

काठमाडौं : नेपालका केही बैंक र कम्पनीहरू विदेशीबाट शंकास्पद रुपमा प्राप्त पैसा स्थानान्तरणमा संलग्‍न रहेको पाइएको खोज पत्रकारिता केन्द्र र बजफिडले खुलासा गरेको छ । आइतबार जारी गरिएको अनुसन्धानको प्रतिवेदनले नेपाली कम्पनीहरू र विशेष गरी इरान र चीनको व्यापारमा अमेरिकी प्र

नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण

काठमाडौं । नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाे पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएकाे छ। समाजले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द नारा लगाएकाे छ। समाजका कार्यकर्ताहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्त


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved