भ्रष्टाचारीलाई संरक्षण गर्दै सरकार : डाक्टर भट्टराई

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • २३२ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सिराहा । जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार भ्रष्टाचारीको संरक्षक बनेको आरोप लगाएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले भ्रष्टाचारका काण्डैकाण्डका मतियारहरूलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा दिँदै सरकारले सुनकाण्डदेखि कोरोना कहरका बीचमा औषधि खरिद काण्डसम्मका मतियारलाई संरक्षण गरेर देशलाई डुबाउन लाग्यो ।’ सिंगो विश्व नै कोरोना महामारीको चपेटामा परेको वेला सरकार भने भ्रष्टचारीको संरक्षणमा लागेको उनको आरोप छ ।

कार्यक्रममा उनले विश्वको पहिलो शक्तिराष्ट्रको दिशामा उन्मुख हुँदै गएको चीन र तेस्रो शक्तिराष्ट्र भारतको बीचमा रहेको नेपालले दुवै देशबाट व्यावसायिक फाइदा लिन सक्नुपर्ने बताए । ‘त्यसो हुँदा मात्र मुलुक समृद्ध बनाउन सकिन्छ,’ उनले भने, ‘छिमेकी तथा मित्रराष्ट्रहरूलाई चिढ्याएर मुलुक समृद्ध बन्न सक्दैन ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उट्प्टयाङ कुराले छिमेकीसँगको सम्बन्धमा दरार पैदा भएको पनि बताए ।

उनले भने, ‘प्रधानमन्त्री बोल्न उभिँदा अब के उटप्टयाङ बोल्ने हुन् वा कसलाई चिढ्याउने हुन्  भन्ने आशंका हुन्छ ।’ प्रधानमन्त्रीको त्यही उट्पयाङ शैलीले वैदेशिक सम्बन्ध धरापमा परेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीको शैलीले संघीयतासमेत धरापमा पर्ने जोखिम बढेको छ ।’ मुलुक धराशायी : यादव कार्यक्रममा पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री संसद्को रोष्ट्रममा उठेर बोल्न खोज्दा अब के बोल्ने हुन् भन्ने कुराले मन चिसो हुने गरेको बताए ।

‘प्रधानमन्त्री जस्तो व्यक्तिले छिमेकी तथा मित्रराष्ट्रलाई सधैँ चिढ्याउने गरी उटपट्याङ बोल्ने गरेकाले परराष्ट्र सम्बन्ध बिग्रिन थालेको छ,’ यादवले भने, ‘कोरोनाले थला परेको मुलुक सरकारको कारणले थप धाराशायी बन्दै गएको छ ।’

सिरहाको गोलबजार नगरपालिकामा नेकपा, नेपाली काँग्रेस र राप्रपालगायत पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा सैयौँ जनाले प्रवेश गरेका छन् ।

बिहिबार पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले उनीहरुलाई अबिर माला लगाएर स्वागत गरेका छन् । नवप्रवेशीहरुमा अबीरमान थापा,भरत खड्का, बद्री शाही, श्रीप्रसाद यादव लगायतहरु छन् ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved