चीनमाथिको परनिर्भरता कम गर्न भारतलाई अमेरिकाको आग्रह

  • प्रकाशित मितिः श्रावण १५, २०७७
  • २० पटक पढिएको
  • मिथिला रत्न
alt

एजेन्सी : संयुक्त राज्य अमेरिकाले चीनमाथिको परनिर्भरता कम गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले भारतलाई आन्तरिक उत्पादनलाई बढाउन र त्यसको वितरणमा जोड दिन भारतलाई आग्रह गरेको हो ।

वाशिङ्टन र बेइजिङको सम्बन्धमा दरार पैदा भइरहेका बेला विदेशमन्त्री पोम्मपिओले भारतलाई पनि टेलिकम्युनिकेसन र स्वास्थ्य सामाग्रीको चीनमाथिको परनिर्भरतालाई कम गर्न आग्रह गरेका हुन् ।

पोम्पिओले भने, "अहिले चीनसँग तनाव बढिरहेका बेला भारतलाई चीनमाथिको निर्भरता कम गर्ने र हटाउने उत्तम अवसर आएको छ । भारतले आन्तरिक बजारमै टेलिकम्युनिकेसन, मेडिकल सामग्री र अन्य वस्तुहरुको उत्पादन र वितरणमा जोड दिन आवश्यक छ ।"

उनले थपे, "अहिले भारतले विश्वभरबाट विश्‍वास आर्जन गरेको छ । अमेरिकाको पनि भारतमाथि ठूलो विश्वास छ । त्यसकारण भारतले आन्तरिक बजारलाई प्रबर्द्धन गर्ने उत्तम समय पनि हो ।"

अमेरिकाले लगातार कोरोना भाइरसको संक्रमण फैलाएको भन्दै चीनमाथि आरोप लगाइरहेको छ । त्यसैगरी हुवावेमार्फत जासुसी गरेको, हङहङ र सिन्जियाङमा मानवअधिकार उल्लंघन गरेको लगायतका आरोप अमेरिकाको लगाइरहेको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पिओले चीनले विश्वभर आतंक सिर्जना गरेको आरोप लगाइरहँदा चीनले उक्त आरोपहरु खारेज गरेको छ ।

https://www.scmp.com/news/asia/south-asia/article/3094331/us-urges-india-reduce-its-reliance-china-telecoms-medical

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved