सिराहामा ट्रिपर र मोटरसाइकल एकआपसमा ठोकिदा एकको मृत्यु

  • प्रकाशित मितिः श्रावण १३, २०७७
  • ५०० पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सिरहा । सिराहाको नरहा गाउँपालिकामा ट्रिपर र मोटरसाइकलको एकआपसमा ठोकिदा एक युवकको मृत्यु भएको छ ।

सिराहा चोहर्बा सडक खण्ड अन्तर्गत नरहा–४ कटनियामा नजिक ना.३ ख ३७५० नम्बरको ट्रिपर र प्रदेश २–००१ प ५३४३ नम्बरको मोटरसाइकल आइतबार राति ठोकिदा बिष्णुपुर -४ थलहा बस्ने ३० वर्षीय सितल यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनालाई आरके मेडिसिटी सिरहा हुँदै थप उपचारका लागि घोपा पठाइएको छ ।

दुवै सवारी साधन र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved