कमला सिंचाईको पुर्वी मुलद्धार लाई पर्यटकिय क्षेत्र बनाउन तयारि

  • प्रकाशित मितिः श्रावण १२, २०७७
  • २९६ पटक पढिएको
  • मिथिला रत्न
alt

सन्जय बिस्वकर्मा ,लहान । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर–२ मा पर्ने कमला सिंचाईको पुर्वी मुलद्धार लाई पर्यटकिय क्षेत्र बनाउन बिभिन्न योजनाहरु अघि सारिएका छन् ।

कमला सिंचाईको हेड वर्कस लाई प्रर्यटन, प्रबद्र्धन गर्न आ.ब. २०७६÷०७७ मा केही काम भएको कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख बिनय कुमार गामीले बताउनुभयो । करिब २० लाखको लागतमा वर्कस क्षेत्रमा सडक ग्राभेल, पोखरी निर्माण, नहर वरिपरी आकर्षक घाँसको चपरी, बृक्षारोपण, रंग रोधन, रेलिङ्ग, पर्यटकहरु बस्ने कुर्सी चौतारा लगायतको कार्यहरु गरेको प्रमुख गामीले बताउनुभयो ।

चालु आर्थिक बर्षमा पुर्व पश्चिम लोकमार्ग अन्तर्गत बन्दिपुर देखि करिब १ किलोमिटर सडकलाई कालोपत्रे गर्ने लक्ष्य समेत राखिएको छ । सब ईन्जिनियर बिधानन्द साहका अनुसार नयाँ निर्माण गरिएको पोखरीमा डुङ्गा राख्ने योजना पनि यो आर्थिक बर्षमा रहने बताए । कमला सिंचाईको मुख्य आकर्षकको रुपमा रमणिय पहाड क्षेत्र, खोला, गेट, बाँध रहेको छ ।

पर्यटकीय भेगका किसानहरुलाई बाह्रै महिना मौसमी, बेमौसमी तरकारी खेती गर्न नर्सरी माईनर योजना अन्तर्गत कुलो निर्माण पनि गरिएको छ । करिब ५ सय बिघा खेतिमा कमला सिंचाईको पानी ८ महिना पु¥याउन सो योजनाको को काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved