भारतीय राजदूतावास द्वारा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नव विज्ञान भवन भिडियो कन्फरेन्समार्फत उद्घाटन

  • प्रकाशित मितिः श्रावण ९, २०७७
  • ४१ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाडौं – भारतद्वारा विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण गरिएको छ । विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान भवनको आज काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्स मार्फत उद्घाटन ग¥यो । जिल्ला समन्वय समिति मोरङ्गले कार्यान्वयन गरेको यस परियोजना भारत सरकारको आर्थिक सहयोग ने।रु. ४,४३ करोडमा निर्माण गरिएको हो ।
 
  नेपालभर रहेका प्रारम्भिक पूर्वाधार विकास परियोजनाहरुलाई सहयोग तथा सुदृढ गर्न पहिले साना विकास परियोजनाको नामले परिचित यस परियोजनालाई भारतीय राजदूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एच.आई.सी.डी.पी.) को रुपमा नेपाल–भारत द्विपक्षीय प्रयास अन्तर्गत अघि सारेको हो । यस प्रयास अन्तर्गतका परियोजनाहरुले परियोजना क्षेत्रमा रहेका समुदायहरुलाई विशेष गरी शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी, खानेपानी र सरसफाई, व्यवसायिक प्रशिक्षण, मेडिकल क्याम्पस आदि विविध क्षेत्रमा फाइदा पु¥याउँदछ । सन् २००३ यता भारतले हालसम्म नेपालका ७७ जिल्लामा ने.रु.७९८.७ करोड आर्थिक अनुदान सहयोगमा ४२२ वटा (एच.आई.सी.डी.पी.) सम्पन्न गरिसकेको छ ।
 
  सन् १९५५ मा स्थापना भएको यस क्याम्पस प्रदेश–१ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा ठूलो क्याम्पस मध्यको एक हो । यस नवनिर्मित दुई तल्ले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधा रहेका छन् । यस नवनिर्मित भवनको निर्माणले स्नातक र विद्यावारिधि तहका झण्डै ७००० विद्यार्थी लगायत विभिन्न सङ्कायका प्रतिनिधिहरु लाभान्वित हुनेछन् ।
क्याम्पसबाट उत्र्तीण धेरै विद्यार्थीहरु मध्ये नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी एक हुन् । यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु उपप्रधानमन्त्री, मन्त्री तथा प्राविधिक विज्ञ भएका छन् ।
 
नयाँ क्याम्पस भवनको उद्घाटनको अवसरमा सराहना तथा सन्तुष्टि व्यक्त गर्दै क्याम्पस प्रमुख श्री बाबुराम तिमिल्सिनाले क्याम्पसका सङ्काय, विद्यार्थी र आफू विश्व परिवारका विद्यार्थी रहेको र भारतीय जनताको सहयोग नेपाल र भारतले विश्वास गर्दै आएको वसुधैव कुटुम्बकम्को प्रतिबिम्बको रुपमा रहेको बताउनुभयो ।
 यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved