प्रदेश २ का कृषि मन्त्रालयले तिरिदियो सिरहाका २ हजार ५९ किसानहरुको बैंकको व्याज

  • प्रकाशित मितिः श्रावण ७, २०७७
  • ३४० पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा,मिथिला रत्न । सिरहाका २ हजार ५९ किसानहरुको बैंकको व्याज रकम मंगलबार एक कार्यक्रमबीच प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बैंक तथा सहकारी संस्थाहरुको खातामा चेक मार्फत जम्मा गरेको छ ।

उक्त रकम विभिन्न सहकारी संस्था तथा बैंकको नाममा चेक हस्तान्तरण गरिएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी संस्थाहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।

उनले भने,‘ कोरोना प्रभावित किसानलाई राहत स्वरुप प्रदेश २ का ८० हजार ऋणिलाई व्याज प्रदान गर्ने कार्यक्रम रहेको छ । तर, हाल ३ लाख भन्दा कम ऋण लिएका किसानको खातामा रकम पठाउने क्रम सरकारले जारी राखेको छ ।’ उनले पहिलो चरणमा प्रदेश २ का झण्डै ५० हजार किसानको खातामा चार महिनाको व्याज रकम पठाइने बताए । ३० लाखसम्म ऋण लिएका किसानलाई राहत स्वरुप व्याज दिने र आगामी दिनमा प्रदेशका ८ वटै जिल्लाका कृषकलाई प्रदान गरिने समेत उनले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथिय आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादब र विशिष्ट अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी संस्थाहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।

स्वागत मंतव्यसगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यलय प्रमुख संतोष कुमार सिँहले पहिलो चरणमा सिरहा जिल्लाका १५ हजार ५ किसानको निवेदन परेको र मापदण्ड अनुसार २ हजार ५९ जना किसानलाई छनौट गरिएको तथा बाँकीलाई अर्को चरणमा वितरण गरिने बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा आयोजित  कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिको सभापति रामचन्द्र ठाकुरले गर्नु भएको थियो । विशिष्ट अतिथियमा प्रदेश संसद प्रमोद यादब, पशु पंक्षि निर्देशनालय जनकपुरधामको प्रमुख जागेश्वर यादब, राष्ट्यि सहकारी बैँक प्रदेश २ को अध्यक्ष धुव्र यादब, जनता समाजवादी पार्टीका नेताहरु, वक्ताहरुले आ(आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved