जनमत पार्टीका सिके राउतपछिका दोस्रो नेता सहित ७ जना केन्द्रिय सदस्यले पार्टी छाडे

  • प्रकाशित मितिः असार १३, २०७७
  • २९२ पटक पढिएको
  • मिथिला रत्न
alt

सिराहा । जनमत पार्टीका दोस्रो बरियतामा रहेका कैलाश महतो सहित ७ जना केन्द्रिय सदस्यले पार्टी परित्याग गरेका छन् ।

शनिवार पत्रकार सम्मेलन गरी महतो सहित सतिला यादव (सिरहा), दिनेश प्रसाद यादव(बारा), सञ्जय कुमार साह(पर्सा), हकिकुल्लाह मुसलमान (कपिलवस्तु) र नवलपरासीका धु्रव प्रसाद कहाँर र राजमति पासवानले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पश्चिम नवलपरासीको परासीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यसँगै पश्चिम नवलपरासीमा गठन भएको जनमत पार्टीको जिल्ला समिति समेत विघटन भएको उनीहरुले जनाएका छन् । २३ सदस्यीय जिल्ला समितिमा २ सदस्यबाहेक सबैले पार्टी परित्याग गर्दै राजनीनामा दिएको घोषणा गरेका छन् ।

जिल्ला अध्यक्ष श्री कृष्ण यादवसहित २१ जनाले संयुक्त विज्ञप्ति निकालेर राजीनामा दिएको पत्रकार सम्मेलनमा घोषणा गरेका हुन् । पार्टी परित्याग गर्ने सबैले २०७६ फागुन २४ गते गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि पनि डा. राउतले एकलौटी रुपमा निर्णय गर्ने र पार्टीभित्र गुटको राजनीतिक गर्दै नेता तथा कार्यकर्तालाई कामदारको रुपमा काम गराउन खोजेको आरोप लगाउँदै राजीनामा दिएको उल्लेख गरेका छन्।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने क्रममा विधानसमेत पढ्न नदिई कार्यकर्तालाई गुमराहामा राखेको, तत्कालका लागि चुनावमा नजाने आन्तरिक निर्णय भएपनि २०७६ मंसिर १४ गते भएको स्थानीय तहको उप निर्वाचनमा उम्मेदवारी दिएर लजास्पद हार व्यर्होनु परेको जस्ता असन्तुष्टि उल्लेख गरिएको छ ।

डा.राउतले लोकतान्त्रिक पद्धति विपरीत राजनीतिक चरित्र देखाउन खोजेकाले आफूहरुले पार्टी परित्याग गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved