सेनाले खरिद गरेको चिनियाँ कीट नेपालको ल्याबमा काम नलाग्ने

  • प्रकाशित मितिः असार १०, २०७७
  • ३८ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाण्डौं : नेपाली सेनाले जिटुजीमार्फत् चीनबाट खरिद गरेको पिसिआर आरएनए एक्स्ट्र्याक्सन किट देशभरका ल्याबबाट अयोग्य ठहर भएको छ।
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सेनाले खरिद गरेका आरएनए एक्स्ट्र्याक्सन किट कोरोना परीक्षण ल्याबहरुमा नपठाउन स्वास्थ्य सेवा विभागलाई सिफारिस गर्दै पत्रचार गरेको थियो। तर, विभागले प्रयोगशालाको सिफारिस विपरीत देशभरका प्रयोगशालामा पठाएको तर कोरोना परीक्षणका लागि भने अयोग्य ठहर भएका हुन्। 
 
नेपाली सेनाले चीनबाट खरिद गरेको आरएनए एक्स्ट्र्याक्सन किट अहिले कोरोना परीक्षणका लागि प्रयोग भइरहेको भिटिएमसँग मेल नखाँदा अयोग्य ठहर भएका हुन।
 
सेनाले चीनबाट २८ हजार पिसिआर आरएनए एक्स्ट्र्याक्सन किट खरिद गरेको थियो। ती किट स्वास्थ्य सेवा विभागले राजनीतिक दबाबमा ल्याएर देशभरका ल्याबमा पठाएको थियो। तर, उक्त किट कोरोना परीक्षणका लागि कामै नलागेको प्रादेशिक अस्पताल तथा कोरोना परीक्षण गरिरहेका ल्याबका प्रमुखहरुले बताएका छन्।
 
‘नेपालमा प्रायः ३ एमएलको भिटिएममा संकलन भएको स्वाबबाट कोरानाको पिसिआर परीक्षण भइरहेको थियो,’ कोरोनाको पिसिआर परीक्षण गर्ने एक प्रयोगशालाका प्रमुखले नेपाल लाइभसँग भने, ‘तर, सेनाले खरिद गरेको आरएनए एक्स्ट्रयाक्सन किटले १ एमएलको भिटिएमसँग मात्रै मेल खाँदो रहेछ। सेनाले खरिद गरेका पिसिआर आरएनए एक्स्ट्र्याक्सन किट कामै नलाग्ने अवस्था छ।’
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सेनाले खरिद गरेका आरएनए एक्स्ट्र्याक्सन किटसँग भिटिएम किट पनि पठाउनुपर्ने भन्दै सुझाव दिएको थियो। सेनाले खरिद गरेका आरएनए एक्स्ट्र्याक्सन किटसँग मिल्ने भिटिएम किट नपठाई विभागले पुरानै भिटिएम किटमा स्वाबलाई राखी आरएनए एक्स्ट्र्याक्सन किटमा प्रयोग गर्दा समस्या आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले टेकु स्रोतले बताएको छ।
 
प्रयोगशालाको निर्णयलाई नमानी केही स्याम्पल वीर अस्पतालबाट परीक्षण गरी देशभरका प्रयोगशालामा पठाउँदा समस्या आएको हो।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved