सिरहामा प्रेमिकाको घरमा प्रेमी झुण्डिएको मृत फेला

  • प्रकाशित मितिः जेठ २६, २०७७
  • ५४७ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा । सिरहामा प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।

औरही गाउँपालिका–५ स्थित प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । करिब १७ वर्षीय अबिरचन यादव झुण्डिएको अवस्थामा फेला परेका हुन् । आइतबार मध्यरातमा उनी सोही ठाउँका जोगिन्द्र यादवको घर पुगेका थिए । स्थानीयका अनुसार अबिरचन र जोगिन्द्रकी छोरीबीच प्रेम सम्बन्ध थियो । अबिरचन राति करिब १ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।

किशोरीले आफू अबिरचन झुण्डिएको घरमा नसुतेको प्रहरी समक्ष बताएकी छन् । ती किशोरीले आफू ट्वाइलेट गएर फर्किने क्रममा घर उक्त घर पस्दा अबिरचन झुण्डिएको देखेपछि हजुरआमा र बुवालाई जानकारी गराएको बताएकी छन् ।

झुण्डिएका अबिरचनको नाकबाट रगत बगेको छ। नाकमा चोट लागेकाले रगत बगेको प्रहरीले बताएको छ । मृतक अबिरचनका परिवारले भने हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् ।  

मृतक अबिचरनको शव जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि लहान अस्पताल पठाएको छ। घटनाको विषयमा अनुसन्धान थालिएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved