बहिरा संघलाई पिपिई सहित सामग्री

  • प्रकाशित मितिः जेठ १७, २०७७
  • १४६ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा,१६ जेष्ठ । सिरहा नगरपालिका–९ गुलरियास्थित रहेको सिरहा बहिरा संघ सिरहालाई प्रभु विकास बैंक लिमिटेड सिरहा शाखाले पिपिई सहित अन्य सामग्री दिएका छन् ।

बैंकले बहिरा संघलाई ८ थान पिपिई, केएन ९५ माक्स २० पीस, १ सय जोर ग्लोब्स दिए । बैंकका सिरहा शाखा प्रबन्धक जयप्रकाश गुप्ताले बहिरा संघका अध्यक्ष गंगाराम यादवलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

कोरोना संक्रमण जोखिम बढ्न थालेपछि गरिएको लकडाउनका कारण गएको दुई महिना देखि बहिरा संघले प्रदान गर्दै आएको सेवा प्रभावित भएको थियो । बहिरा संघले दिँदै आएको सेवा प्रभावित हुँदा हजारौं व्यक्ति कष्ट भोग्न बाध्य भएको स्थानीयहरु ब्ताउछन् । ‘लकडाउन थोरै दिन चल्छ ।

केही दिन पछि खुलि हाल्छ ठानेको थिए,’बहिरा संघका अध्यक्षले भने,‘लकडाउन लम्बिदै जाँदा आमसेवाग्राहीको पिडालाई बुझेर सेवा सुचारु गर्ने तयारीमा लागेका थियौं । यो बीचमै प्रभु बैंकले प्रदान गरेको सामग्रीले त्यसमा थप बल पुगेको छ ।’

अबको केही दिनमै बहिरा संघले कोरोना संक्रमणको जोखिमबाट बच्न उचित प्रबन्ध र विज्ञको परामर्श पछि सेवा सुचारु गर्ने उनले दाबी गरेका छन् । सो अवसरमा बहिरा संघका सचिव विपिन यादव तथा प्रभु बैंकका सहायक प्रबन्धक तारणी प्रसाद यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved