सिरहा , रुपन्देही र रुकुममा भएको घटनाको विरोधमा सर्लाहीमा प्रर्दशन

  • प्रकाशित मितिः जेठ १६, २०७७
  • ५५७ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सर्लाही । दलित समुदायहरु माथि भएको नरसंहारको विरुद्धमा आज सर्लाही जिल्लाको लालबन्दिमा विरोध प्रदर्शन भएको छ ।

नेपाल बहुजन समाज परिषदको नेतृत्वमा जिल्लाका दलित अधिकारकर्मीले रुकुम हत्याकाण्डको घटनामा संलग्न लाई कारबाही गर्न र नवराज बिक लगायतका मृतकहरु लाई सहिद घोषणा एवं क्षतिपूर्ति उपलब्ध गराउन चर्को नारावाजि सहितको रैली लालबन्दी नगरको परिक्रमा गरेको थिए ।

रुपन्देही कि अंगिरा पासीको हत्या एवं सिरहाको रिंकु महरा माथीको संघातिक आक्रमणमा संलग्नहरुलाई पनि कारबाही गर्न सरकारलाई दवाब दिएको संयुक्त दलित न्यायीक संघर्ष समितीका संयोजक राजाराम पासवानले बताउनुभएको छ।

सिरहाकाी रिंकु महराले अनैतिक सम्बन्ध बनाउन न मानेपछी सार्वजनिक रुपमै कुटपिट गर्ने उमेश साहको छोरा गान्धी साह लाई कारबाही गर्न सिरहा पुलिसले नमानेको घटना सार्वजनिक हुँदा पनि सरकारले न टेरेको भन्दै आइतबार मुख्यमन्त्रीलाई यस सम्बन्धि लिखित जानकारी गराउने तैयारी भइरहेको संयोजक पासवानले बताउनुभएको छ। नवराज बिक ,अंगिरा पासी एवं रिंकु महरालाई न्याय नदिए लकडाउन कै बेलामा यहा रहेका सारा दलित समुदाय आन्दोलनमा सहभागी नेपाली बहुजन समाज परिषदका अभियन्ताहरु जितेन्द्र रंजनले जानकारी दिए ।

यस्तै चमार कल्याण समाजका शिबदयाल महराले ठुला घटनाहरुले गर्दा साना घटनाहरु बढि खतरनाक रहेको भन्दै यसतर्फ सबै नागरिक अधिकारकर्मीहरु आवाज उठाउनु पर्ने बताए ।

सो प्रदर्शनमा अधिकारकर्मीहरु प्रवीण पासवान ,गोविन्द पासवान एवं रामचन्द्र राम लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो। प्रदर्शनमा सहभागी सयौं अधिकारकर्मीहरुले ूनालायक सरकार चाहिदैन,मान्छे मार्न पाइदैन संपुर्ण बहुजन एकजुट होऔँ , निकलो बाहर मकानो से,जंग लडो बेइमानो से ,गृहमन्त्री राजिनामा दे ,जस्ता नारा लगाएको र प्लेकार्डहरु बोकेका थिए।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved