‘यी घटनाले प्रधानमन्त्री ओलीको भनाईलाई गिज्याइरहेको छ’

  • प्रकाशित मितिः जेठ १६, २०७७
  • ७८ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोहि पनि भोकै मर्नु नपर्ने दाबी गर्दै आएका छन् । प्रधानमन्त्रीले आफ्नो हरेक भाषणमा यो विषयलाई स्थान दिइरहेको पाइन्छ ।

त्यसोत गत जेठ २ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा देशका राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले गरिबीको कारणले कोही भोकले नमर्ने र भोकै नपर्ने बताएकी थिइन् ।

प्रधानमन्त्रीका अनुसार भोकै परेर सडकमा आउने मान्छे नै छैनन् । तर, पछिल्लो केहि यस्ता घटनाले भने प्रधानमन्त्रीको यो भनाईलाई गिज्याइरहेको छ ।

कीर्तिपुरको सडकमा धादिङका सूर्यबहादुर तामाङले भोककै कारण प्राण त्यागे भने भारतबाट नेपाल छिरेका धनुषा जिल्लाको शहिदनगर नगरपालिका–९ का ३० वर्षीय वीरेन्द्र यादवले खानै नपाएर चीर निन्द्रामा छन् ।

यो पनि :-

जटही नाकामा एक युवकको मृत्यु, आक्रोशित भीड नारावाजी गर्दै जनकपुर आउँदै
राहत पर्खदा पर्खदै सप्तरीका मलर सदाको ज्यान गयो

बुधबार बिहान ३ बजेको झिसमिसेमा धनुषाको जटही नाकामा यादवले भोककै कारण मृत्यु भयो ।

यो घटना र यसभन्दा अगाडिका घटना प्रधानमन्त्री ओलीले थाहा पाए वा पाएनन् त्यो उनैले जानुन् । तर, पछिल्लो केहि दिनमा घटेको यो घटनाले भने प्रधानमन्त्री ओलीको भाषण बोलीमै सिमित भएको प्रस्ट्याएको छ ।

धनुषामा भोककै कारण मृत्यु भएका वीरेन्द्र रोजगारीका लागि भारतको अहमदावादमा थिए ।कोरोना कहर बढ्दै गएको संकटमा पराई ठाउँमा बस्नुभन्दा परिवारसँगै बस्ने सोचेर हिँडेरै नेपाल फर्के । तर, बिडम्बना ४ सय किलोमिटरको यात्रा पूरा गरेर पनि उनी घरसम्म पुग्न सकेनन् ।
भारतबाट नेपाल छिरेका उनले सीमा नजिकै प्राण त्यागे । ६ दिनदेखि खान पाएका वीरेन्द्रले भोककै कारण प्राण त्याग्नु परेको हो ।

नेपाल फर्केका युवालाई भारतीय प्रशासनले बुधबारे झिसमिसेमा धनुषाको जटही नाकामा ल्याएर छाडेको थियो । नाकामा आएका युवालाई प्रशासनले नेपाल भित्र्यायो । सुरक्षाकर्मीले उनीहरुलाई चाउचाउ र च्यूरा पनि खुवाएका थिए । तर, ६ दिनदेखिको भोको पेटमा चाउचाउ र च्यूरा परेको केहीबेरमा युवाको मृत्यु भयो ।

यता केही दिन पहिलो धादिङका सूर्यबहादुर तामाङले पनि भोककै कारण ज्यान गुमाउनु पर्यो । काठमाडौंको कीर्तिपुरमा मृत भेटिएका तामाङ भारी बोक्ने काम गर्थे र सडकलाई नै आफ्नो घर बनाएका थिए ।

तर, आइतबार तामाङ मृत फेला परे । सडकमा मृत फेला परेका सूर्यबहादुरको साथमा जिउने सहारा नाम्लो थियो । स्थानीयवासीका अनुसार वर्षौदेखि कीर्तिपुरमा भरियाको काम गर्ने सूर्यबहादुरले दुई महिनादेखि लकडाउन भएपछि काम पाएनन् । खान नपाएरै सूर्यबहादुरको ज्यान प्रहरीको अनुमान छ ।

यसैगरी केही हप्ता अगाडी सप्तरीमा पनि एक व्यक्तिको खाना खानै नपाएर ज्यान गयो । सप्तरीको कञ्चनरुप नगरपालिका पथरीका ५० वर्षीय मलर सदाको खाना खानै नपाएर ज्याज गुमाउनु पुर्यो ।

कोरोनाको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनले बनिबुतो गर्न नपाएपछि सदाको घरमा चुल्हो बल्न पाएको थिएनन् । सदाले जसरी पनि चामल लिएर आउछु भन्दै श्रीमतीसँग बाचा गरेर घरबाट निस्केका उनी केही पर पुगेपछि खेतबारीमा ढले । आफन्तको सहयोगमा घर ल्याइए पनि खाना नाएका परिवारले उपचार गराउनुपर्छ भन्ने सोच्न समेत सकेनन् । रातभर घरमै अचेत अवश्यामा रहेका मलरका लागि छिमेकीले ल्याइदिएको चामलको भात पाक्न नपाउँदै प्राण त्यागे ।
वीरेन्द्र, सूर्यबहादुर र मलरको यो मृत्युले शासकको दाबी र यर्थात फरक छ भन्ने प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved