कालोबजारी नगरेको, राजनिती प्रहार भएकोः धनपति महतो

  • प्रकाशित मितिः जेठ १६, २०७७
  • ६३५ पटक पढिएको
  • मिथिला रत्न
alt

सिराहा । सुशिल हार्डवेयर गोलजार–४ का संचालक, साझा पार्टी सिरहा जिल्ला संयोजक एवं नेपाल कुशवाहा कल्याण समाज सिरहाका अध्यक्ष समेत रहेका धनपति महतोले प्रशासन, नगरपालिकाका मेयरको कालो करतुतको पर्दाफास र भ्रष्टाचार बिरोधी अभियानमा आफु सकृय रहेकै कारण आफुमाथी राजनिती प्रहार भएर सुशिल हार्डवेयरलाई सिल गरेको बताएको छ ।

सुशिल हार्डवेयर गोलबजारका संचालक महतोले पत्रकार सम्मेलन गरी आफु भ्रष्टाचार बिरोधी अभियन्ता नै रहेकोले आफुले कुनै किसिमको कालो बजारी नगरेको र मारुती सिमेन्ट ८ सय २० रुपैयामा बिक्री गरेको भ्याट बिल रहदा पनि राती गुण्डाशैलीमा आफनो पसलमा सिल गरेको बताए ।

उद्योग ब्यापार संघ गोलबजारका सल्लाहकार समेत रहेका हार्डवेयर संचालक महतोले जेठ ७ गते राती सारहे १० बजे सिमेन्ट र छड बिक्री गरिरहेकै अवस्थामा गोलबजार नगरपालिका, उद्योग ब्यापार संघ, प्रहरी प्रशासन, जिल्ला उद्योग बाणिज्य संघको टोलीले सुशिल हार्डवेयरका संचालक धनपति महतोले मारुती सिमेन्ट ८ सय ३० मा बेचेको पाएपछी सिल गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक जनक पुरीले बताए । यता सिल लगाएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँईले आवश्यक अनुसन्धान भईरहेको र कालो बजारी गरेको÷नगरेको ठहर भएपछी मात्र सफाई पाउने र त्यसकै लागि १ लाख धरौटीमा ततकालको लागि छाडेको प्रमुख जिल्ला अधिकारी गुरागाँईले बताए ।

यता नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति सिरहाले प्रेस बिज्ञप्ती जारी गरी कुशवाहा अतिथि सदन गोलबजारको लागि कुनै प्रोजेक्टवाला मारुती सिमेन्ट खरिद गर्न समितिले कुनै पनि स्थानिय तह, जिल्ला प्रशासन कार्यालय सिरहा, मारुती सिमेन्ट लि. र सुशिल हार्डवेयर गोलबजारसंग सिफारिस तथा खरिद नगरेको र झुठो आरोप लगाउने उपर कडा कार्यवाहीको माँग प्रेस बिज्ञप्ती मार्फत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved