प्रदेश २मा रहेका दलितहरुद्धारा दिप प्रदर्शन गरि न्यायको लागि सरकारलाई दबाब ,

  • प्रकाशित मितिः जेठ १६, २०७७
  • २६६ पटक पढिएको
  • मिथिला रत्न
alt

रौतहट । चमार कल्याण समाज नेपालको आग्रहमा पिसफोर दलित फाउन्डेसन ,नेपाल , चमार कल्याण समाज नेपाल जिल्ला समिति पर्सा, दलित अधिकार समाज, पर्सा, नेपालको आयोजनामा पर्सामका दलित समुदायहरु माथि भैरहेको दमनको विरोधमा सत्य तथ्य छानबिनको माग गर्नका लागि दिप प्रदर्शन गरेका छन ।

आज पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा(५, महुवनमा साँझ ठिक ७ बजे रुकुम पश्चिमको घटनामा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएका युवाहरुको खोजी र दोषि उपर कार्वाहीको लागि सरकारलाई दबाब सृजना गर्न पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा(५, महुवनमा दलित युवाहरु तथा दलित अधिकारकर्मीहरु भेला भैइ सामाजिक दुरी कायम गरि दिप प्रदर्शन गरेको छन।

पिसफोर दलितस फाउन्डेसन नेपालर दलित अधिकार समाज, पर्सा,नेपालको अध्यक्ष मनोज राम ज्युले जानकारी दिनुभएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा १२ जना पक्राउ परेका छन् ।अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण चार जनाको ज्यान गएको र २ जना बेपत्ता भएछि देशभर विरोध स्वरुप कार्यक्रम भैइरहेको जानकारी चमार कल्याण समाज नेपाल,पर्साको उपाध्यक्ष अशोक चमारले जानकारी दिनु भएको छ। अब हुने सांकेतिक आन्दोलनको सुरुवात पनि हो ।

सबैले यो आन्दोलनमा सहयोग गरौ भन्दै दलित अगुवाहरु सत्य तथ्य छनविनको माग गरेका छन । अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण दुईजनाको ज्यान गएको र चारजना बेपत्ता भएछि केटी पक्षका १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

शनिबार राति जाजरकोटका नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर रुकुमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए। तर उनीहरु गाउँमा पुगेलगत्तै केटी पक्षका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेका थिए । आक्रमणमा प्रेमिका लिन पुगेका नवराज विकसहित दुईजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । मृत्यु भएका दुवैजनाको शव भेरी नदी किनारमा भेटिएको थियो ।

नेपालमा दलित माथि भइरहेको विभेद , अत्याचार तथा जातीय भेदभाव तथा छुवाछूत , दलितको हत्या , कुटपिटको अन्त्य नभएमा हामी दलित अगुवा गाउँ गाउँ बाट दलित आन्दोलन गर्ने छौँ । दलित आन्दोलनको तयारी पनि गर्दैछौँ भन्ने कुरा दलित अधिकार समाज, पर्साको सदस्य सुरेन्द्र पासवान ज्युले जानकारी दिनु भएको छ। यस दलितको न्याय , दोशिलाई कार्यवाही तथा दलितको लागि गरिएको शान्तिपुर्ण दिप प्रदर्शन कार्यक्रममा दलित अधिकार समाज, पर्सा, नेपालर पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम , अशोक राम, सुरेन्द्र पसवान , श्यामकिशोर राम , महुवनको जन प्रतिनिधि रामबालक राम , गणेश महरा, दलित युवा चन्देश्वर राम, गोविन्द राम लगाएत दलित युवाको सहभागिता रहेकोे छ। उता रौतहट जिल्लामा चमार कल्याण समाजको आयोजनामा विरोध गरिएको छ ।

समाजका अध्यक्ष उदाय नरायण चमारको नेतृत्वमा आज रौतहटको गौरमा घटनाको सत्य तथ्य छानविनको गर्नका लागि दवाव स्वरुप प्रदर्शन गरिएको अध्यक्ष चमारले जानकारी दिनु भएको छ । यस्तै बहुजन समाज नेपालको नेतृत्वमा आजै सर्लाही जिल्ला जिल्ला प्रमुखको हातबाट प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ । समाजका अध्यक्ष हरिनन्दन अम्बेडकरको नेतृत्वमा गएको टोलीले दलित समुदा माथि भैरहेको दमनको विरोधमा ज्ञापन पत्र बुझाएको हो ।

यस्तै दलित अधिकारकर्मी एवमं लेखक चन्द्रश्वर दासको नेतृत्वमा सिरहा , कपिलबस्तु , रुपन्देही लगाएतमा भएको घटनाको पिडकलाई कडा कारवाही माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन ।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved