अमेरिकी संसदमा तिब्ब्तलाई छुट्टै देशको मान्यता दिने प्रस्ताव

  • प्रकाशित मितिः जेठ १६, २०७७
  • ८५ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाण्डौं : अमेरिका–चीन सम्बन्धमा तनाव बढदैगएको बेलामा एक अमेरिकी सांसदले तिब्बतलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनका लागि कांग्रेसमा विधेयक पेश गरेका छन्। यो क्षेत्र हाल चीनको नियन्त्रणमा छ। अमेरिका र चीन दुबै कोरोनाभाइरस र व्यापार सम्बन्धी मुद्दाहरूको बारेमा वादविवाद गरिरहेको बेला यो प्रस्ताव पेश गरिनुलाई अर्थपुर्ण ढंगले हेरिएको छ । अमेरिकी सांसद स्कट पेरीले प्रस्तुत गरेका उक्त विद्येयकमा तिब्बतमाथि चीनको नियन्त्रणको अन्त्य गर्दै स्वतन्त्र देशका रूपमा मान्यता दिन माग गरिएको छ । उक्त विद्येयकलाई विदेश मामिला सम्बन्धी संसदीय समितिमा पठाइएको छ।

तिब्बत चीनको दक्षिण–पश्चिममा अवस्थित छ। यो भारत, नेपाल, म्यानमार र भुटानको सिमाना पनि हो। चीनले १९५४ देखी यस क्षेत्रलाई कब्जामा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved