शिव दयाल यादब,सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै वर्तमान सरकार बनेको आरोप लगाएका छन् ।

हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियानका क्रममा शनिबार सुर्य नारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्यामपसमा आयोजित जागरण सभामा  अध्यक्ष प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस-एमाले गठबन्धनको सरकार बनेको दाबी गरेका हुन् ।

उनले आफ्नो सरकारले सुरु गरेको त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको  बताए ।

उनले, सिरहा देखी हामि पहिला देखि नै परिचित रहेकोले याहाको भुगोल र याहाको माटो सङ्ग औधी माया रहेको बताए । हामी याहाको जनताले चाहेको बिकासलाई पहिलो प्राथमिकता मा राखेको बताए । किनकि म आफै यहि सिरहा देखि निर्बाचित भइ देशको प्रधानमन्त्री बनेको गुण नबिर्सेको बताए ।