सिरहा ।  विद्युत प्रधाकिरण सिरहाले मर्मत सम्भारको नाउमा महिनौ दिन देखि बिजुली काटेर सास्ती दिइरहेका छन । 

मर्मत-सम्भारको पर्खाइमा रहेको बिष्णुपुर गाउँपालिका-१ स्थित राम टहल यादबको घर नजिक रहेको सडक पेटीमै ट्रान्सर्फमरलाई हातले उभिएरै छुन सकिन्छ । तर याहा अहिले सम्म प्राधिकरणको ध्यान पुग्न नसकेकोले स्थानीयहरुले दु:ख ब्यक्त गरेका छन । 

उनिहरुले प्राधिकरणलाई पटक-पटक ताकेता गर्दा पनि वास्तै नगरेको भन्दै बत्ति काटेर नाटक मात्रै गरेको आरोप लगाएका छन । 

हातले छुन सकिने ट्रान्सर्फमरको कारणले हामी जोखिममा रहेको छौ ।